|

एजेन्सी : चीन र अमेरिकाबीच तनाव बढ्दै जान थालेको छ। अमेरिकाले ह्युस्टन र टेक्सासमा रहेका चिनियाँ वाणिज्य दूतावासहरू बन्द गर्ने आदेश जारी गरेलगत्तै चीनले यसको जवाफ दिएको छ। 

शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ताले चेलन्दु सहरमा रहेको अमेरिकी वाणिज्य दूतावासको अनुमतिपत्र फिर्ता लिइसकेको जनाएका छन्। दुई वाणिज्य दूतावासहरू बन्द भएपछि चीनले अमेरिकाको प्रत्युत्रमा यो कदम चालेको हो। चीनको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनको छ, ‘राजनीतिक कारणले यो कदम चालेको भए हामी यसको निन्दा गर्छौं।’

दुई वटा वाणिज्य दूतावास तीन दिनभित्र बन्द गरियो 

अमेरिकाले तीन दिनभित्र आफ्नो देशमा रहेका दुई चिनियाँ वाणिज्य दूतावासहरू बन्द गराएको हो। लगत्तै अमेरिकी विदेश विभागले यस सम्बन्धमा एक विज्ञप्ति जारीसमेत गरेको थियो। आदेशको एक प्रतिलिपि उसले चीनमा समेत पठाएको बताएको छ। उक्त विज्ञप्तिमा भनिएको छ ‘बितेका केही वर्षहरुमा, चिनियाँ वाणिज्य दूतावासहरु अमेरिकामा जासुस गर्दै गरेका भेटिए। यसबाहेक, अवैध काम पनि गरिएको भेटिएको छ, अमेरिका तिनीहरूलाई सहन सक्दैन। 

ट्रम्पको चेतावनी चीनका अन्य दूतावासलाई पनि बन्द गर्न सक्छौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका अन्य दूतावास बन्द गर्ने समेत बताएका छन्। उनले भनेका थिए, ‘जहाँसम्म वाणिज्य दूतावास बन्द हुने कुरामा हामी अमेरिकाका अन्य स्थानमा पनि त्यसो गर्न सक्छौं।’

ती दुई चिनियाँ वाणिज्य दूतावासमा केही संवेदनशील कागजात जलाइएको खबर प्राप्त भएपछि बन्द गर्न लगाइएको उनले प्रस्ट पारेका हुन्। चिनियाँ वैज्ञानिकले भिसा जालसाजी गरी आफ्नो देशमा रहेको चिनियाँ दूतावासमा लुकेर बसेका कारण बन्द गर्नुपरेको अवस्था आएको अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दाबी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.