|

बर्दिया : कन्ट्याक्ट ट्रेसिङमा परेका बर्दियाका १६ पत्रकार मध्ये १५ को रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको छ। स्वाब परीक्षण गरिएका मध्ये बर्दियाका १५ जना पत्रकारको रिपोर्ट नेगेटिभ र १ जनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। 

गएको शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी गरी एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। सँगै ती पत्रकारको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। जसमा ५५ वर्षीय एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

कन्ट्याक्ट ट्रेसिङमा परेका १६ जना पत्रकारसहित २४ जनाको बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। उनीहरु मध्ये १ जना पत्रकार र अन्य १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। 

बर्दियाको गुलरिया–५ घर भएका ती पत्रकारमा कोरोना पोजेटिभ पाइएको हो। यस्तै बर्दियाको गुलरियाकै अर्का क्वारेन्टाइनमा बसेका १ जना १९ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ। 

यस्तै नेपालगन्जको भेरीमै गरिएको परीक्षणमा बर्दियाको बढैयाताल गाउँपालिका–१ का २५ वर्षीय पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ। 
योसँगै आज बर्दियाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जिल्लामा संक्रमितको संख्या २ सय २६ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षण कृष्ण गोपाल चौधरीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.