देशको स्वास्थ्य क्षेत्र दयनीय अवस्थामा

|

युद्धग्रस्त देश यमनमा कोरोना भाइरसको संक्रमणबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ। तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या न्यून रहेको यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ। जबकी त्यहाँ हालसम्म १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ६९ जनाको मृत्यु भएको छ।

युद्धग्रस्त देश यमनको स्वास्थ्य क्षेत्र जर्जर अवस्थामा छ। मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ।

युद्धअघि यमनमा हरेक १० हजार जनसंख्याको लागि १० जना चिकित्सक उपलब्ध थिए। विगत ५ वर्षदेखि जारी गृहयुद्धले अधिकांश अस्पतालका भौतिक संरचना ध्वस्त हुनुका साथै ठूलो संख्यामा चिकित्सकहरु कामविहीन भएर पेशा त्यागेका छन्। त्यहाँको चिकित्सा क्षेत्र ध्वस्त हुँदै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.