|

भारतीय चर्चित अभिनेता अमिताभ बच्चन यतिखेर मुम्बई स्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन्। ११ जुलाईमा उनीसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्यालाई कोरोना पुष्टि भएको थियो।

बलिउडमा सबैभन्दा बढी व्यस्त र सम्मानित कलाकार मध्येमा बच्चन पर्छन्। यतिखेर बच्चन अस्पतालमा बस्दा उनको दिनचर्या कसरी बितिरहेको छ सर्वत्र चासोको विषय भएको छ।

बच्चन सार्वजनिक जीवनमा धेरै संयमित छन्। अस्पतालमा योगा र सामान्य शारीरिक अभ्यास गर्छन्। साथै उनी विश्वभर भइरहेको ताजा घटनाको जानकारी लिन सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। अन्य पोजिटिभ बिरामी जस्तै ७ दिनदेखि १० दिनसम्म उनलाई निरीक्षणमा राखिएको छ। उनीसहित परिवार पूर्ण रुपमा चार स्वास्थ्यकर्मीको निगरानीमा छन्।

स्वास्थ्यकर्मीले बच्चनको परिवारलाई ख्याल गरिरहेका छन्। बाहिरबाट कसैलाई भेट्न दिइएको छैन। घरबाट समान  लिएर ड्राइभर गेटसम्म  छोड्न आउँछन्। 

कोभिड-१९ को पूर्ण रुपमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले उनलाई डिस्चार्ज दिने भएको छ। उनैले उपचार गरिरहेको अस्पतालमा छोरा अभिषेक,बुहारी ऐश्वर्य र नातिनी पनि उपचार भइरहेको छ। ​अभिताभ र अभिषेक बच्चनमा कोरोना देखिएपछि परिवारका अन्य सदस्यमा परीक्षण गरिएको थियो। ऐश्वर्या र उनकी छोरीलाई पनि पोजिटिभ देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.