|

काठमाडौं : भारतमा हिजो एकैदिन ४८ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ सात सय जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घन्टामा त्यहाँ ४८ हजार ४ सय ७२ जना कोरोना भाइरसको संक्रमण थपिएको पुष्टि भएको र  ६ सय ९० जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएको छन्। 
कोरोना भाइरसका कारण भारतमा हालसम्म ३२ हजार ९६ जनाको मृत्यु भएको छ। १३ लाख ८५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। 

८ लाख ८६ हजार मानिस उपचारपछि निको भएका छन्। हिजो अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। त्यहाँ ६४ हजार नयाँ संक्रमित थपिएका छन् भने एकैदिन करिव ९ सय जनाको मृत्यु भएको छ। ब्राजिलमा ४८ हजार कोरोना संक्रमित थपिएका छन् ११ सय भन्दा धेरेको मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

विश्वभर हालसम्म १ करोड ६१ लाख ८९ हजार भन्दा धेरै संक्रमित भएका छन्। ६ लाख ४७ हजार ५ सय ६९ जनाको हालसम्म ज्यान गइसकेको छ। ९९ लाख मानिस निको भइसकेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.