|

राजविराज : वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ। जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदार कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन्।

एक वर्षअघि कतार गएका उनको मृत्युको कारण खुल्न नसकेको पारिवारले बताएको छ। टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौंबाट रोजगारीका लागि कतार गएका सरदार मिस्त्रीको काम गर्थे।

सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन्। मृतक सरदारका पत्नी, एक छोरा र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.