|

काठमाडौं : सरकारले स्थानीय तह चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति तोक्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् बैठक बिहान १० बजे सिंहदरबारमा बोलाइएको छ।

वैशाख अन्तिमसम्म एकै चरणमा चुनाव गर्नेगरी मिति घोषणा गर्ने सरकारको तयारी छ। यसअघि निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणमा चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई प्रस्ताव गरेको थियो। तर सरकारले त्यसलाई आगडि सार्ने र एकै चरणमा सक्नेगरी मिति तोक्ने तयारी गरेपछि निर्वाचन आयोग पनि छलफलमा जुट्दैछ। केहीबेरमा बस्ने आयोग पदाधिकारीको बैठकले चुनावको मितिबारे परामर्श दिएपछि सरकारले मिति घोषणा गर्नेछ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुका आयोगका पदाधिकारीसँग निर्वाचनको तयारीबारे छलफल गरेका थिए। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले दिएको मितिमा चुनाव गराउन आयोग सक्षम रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

साथै प्रधानमन्त्रीले सोमबार बेलुका नै सत्ता सझेदार नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतलाई चुनावको घोषणा गर्ने बारे जानकारी गराइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.