|

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति १० खेल हुदैछ।  सिजनको अन्तिम चरणको खेल आज राति हुन लागेको हो। 

आज लेस्टरले म्यानचेष्टर युनाईटेड र चेल्सीले छैटौं स्थानको उल्भ्सलासँग खेल्दैछन्।  तीन वटै क्लबलाई जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गर्ने अवसर छ। तर बराबरी र हारको नतिजा भोगेको खण्डमा भने अर्का खेलको नतिजामा भर पर्नुपर्नेछ।

यस्तै, रेलिगेशनबाट बच्न संघर्षरत वाटफोर्ड, वर्नेमाउथ र एस्टन भिल्लालाई समेत अन्तिम खेलको नतिजा महत्वपूर्ण छ। एस्टनभिल्लाले वेस्ट ह्यामलाई धेरै गोल अन्तरले पराजित गरेको खण्डमा वाटफोर्ड र वर्नेमाउथ यस सिजन रेलिगेशनमा पर्नेछन्।

अन्य खेलमा वर्नेली र ब्राईटोन, क्रिस्टल प्यालेस र टोटेनह्मम, म्यान्चेष्टर सिटी र नर्विच सिटी भिड्नेछन्। लिग च्याम्पियन लिभरपुल न्युक्यासलसँग भिड्दा साउथह्याम्पटनले सेफिल्ड युनाईटेडसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.