|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। अहिले उम्मेदवारीउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन प्रक्रिया चलिरहेको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए।

अध्यक्षमा निवर्तमान अध्यक्ष कमल थापा र काठमाडौं जिल्ला क्षेत्र नम्बर– ७ का अध्यक्ष प्रदीपविक्रम राणाको उम्मेदवारी परेको छ। केहीबेर सहमतिका लागि प्रयास गर्ने र नभए मतदानबाट टुंगो लगाइने थापाले जानकारी दिए। केन्द्रीय सदस्यका लागि मतदान भने दिउँसो एक बजेका लागि तय गरिएको छ। 

राप्रपाको विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत अर्थात् जम्मा ९८ पदका लागि ३ सय ६३ जनाको उम्मेदवारी परेको छ। बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ। महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिने नेता किरण गिरीले  जानकारी दिए।

पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ। निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ। अधिवेशनमा तीन हजार २ सय ८७ मतदाताले भाग लिनेछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.