|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेनका विषयमा दिएको अभिव्यक्तिप्रति प्रष्टिकरण दिनुपरेको छ। फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले स्वीडेनले शरणार्थीलाई प्रवेश दिएका विषयमा टिप्पणी गरेका थिए।

‘तपाइँहररू हेर्नुस्, जर्मनीमा के भइरहेको छ, स्वीडेनले धेरै मानिसलाई शरण दिएकाले गए राति के भयो, बस्रेल्समा हेर्नुस् के भइरहेको छ, ट्रप्पले भनेका थिए, ‘पेरिसलाई नै लिनुस्, न कुनै छानविन, न कुनै कागजातविना हामीले पनि हजारौं मानिसलाई आफ्नो देशमा आउन दिएका छौं, तर हामी हाम्रो देशलाई सुरक्षित बनाउँछौं।’ 

लगत्तै स्वीडेनले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै 'आफ्नो देशमा के घटना भयो भन्न खोजेको?' भन्ने प्रश्न उठाएपछि ट्रम्पले जवाफ दिनुपरेको हो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्पले कुनै खास घटनालाई नभई समग्र विषयमा बोलेको प्रष्टिकरण दिएको बीबीसीले जनाएको छ।  

ट्रम्पले ट्वीटरमार्फत् फक्स न्यूज टेलिभिजन च्यानलले प्रसारण गरेको शरणार्थीसम्बन्धी रिपोर्टका आधारमा बोलेको प्रष्ट पारेका छन्। ट्वीटरमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्टले ट्रम्पको भनाइमाथि प्रश्न उठाएका थिए। स्वीडेनको बारेमा दिएको अभिव्यक्तिपछि राष्ट्रपति ट्रम्पको खिल्ली उडाउँदै 'ह्यासट्याग लास्टनाइट इन स्वीडेन' ट्वीटरमा ट्रेण्डिङ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.