|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले आन्दोलनरत स्वास्थ्यकर्मीहरुको माग सम्बोधन भइसकेको भन्दै काममा फर्किन आग्रह गरेको छ। स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ (ख) कार्यान्वयनको मागसहित आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीका मागहरु सम्बोधन भइसकेकाले भ्रममा नपरी काममा फर्किन मन्त्रालयले आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले सोमबार विज्ञप्ति जारी गर्दै ०७० चैतअघि स्तरवृद्धि भएका छैठौँ तहमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य चौकीस्तरभन्दा माथिका स्वास्थ्य संस्थामा पूल दरबन्दी सिर्जना गरी पदस्थापन गर्ने निर्णय भएको जानकारी गराएका छन्।

त्यसपछि स्तरवृद्धि भएकाहरुलाई ऐन संशोधनमार्फत सम्बोधन गरिने उनले उल्लेख गरेका छन्।

पढ्नुस् विज्ञप्ति:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.