|
फाइल फोटो

डोल्पा : शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ।

अनुमति नै नलिई निकुञ्जको कोर क्षेत्रमा पर्ने छेप्कादेखि माथि पर्ने र्‍याची हुँदै अघिसम्म बाटो खन्‍नेलाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिएका छन्‌। 

शे-फोक्सुण्डो गाउँपालिका अन्तर्गत छेप्का बस्ने नोर्बु लामालाई पक्राउ गरिएको स्थानीयले बताएका छन्‌। बाटो खन्नका लागि उनले कामदार लैजाँदा पनि व्यक्तिगत काम गर्ने निकुञ्ज कार्यालयलाई नै झुक्याएको बताइएको छ।

भेरी नदीको किनारमा खेलमैदान बनाउन खटिएका ९ जना समातिए

'हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम ३० मा उल्लेख भए अनुसार वन तथा वातावरण मन्त्रालयको अनुमति लिएरमात्र निकुञ्ज क्षेत्रमा विकास निर्माणका काम गर्न पाइने कानुनी प्रावधान छ,तर कुनै प्रक्रिया नपुर्‍याई निकुञ्जलाई झुक्याएर विकासको काम सुरु गरेको थाहा पाएपछि पक्राउ पुर्जी नै जारी गरिएको थियो,' पौडेलले भने। पक्राउ गरिए पनि बयान लिन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको निकुञ्‍जका अधिकारीहरूले बताएका छन्‌।

पक्राउ परेका लामाले प्रदेश सरकारको बजेटबाट बाटो खनेको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.