|

काठमाडौं : सरकारले ठूलो संख्यामा उच्च सरकारी अधिकारीहरुको सरुवा गर्ने तयारी गरेको छ। सोमबार नै बस्ने मन्त्रिपरिषद्को बैठकले सचिव, सह-सचिव तथा उप-सचिवहरुको सरुवा गर्ने तयारी गरेको एक मन्त्रीले थाहाखबरलाई जानकारी दिए।

'आजको दोस्रो बैठकमा पनि स्थानीय चुनावको मिति घोषणासम्बन्धी विषयमा छलफल हुने सम्भावना न्यून छ,' ती मन्त्रीले भने, 'यो बैठकबाट सचिवसहित उच्चपदस्थ कर्मचारीहरुको सरुवा र राजदूत सिफारिस सम्बन्धी निर्णय हुनेछ।'

चुनाव घोषणा गरेपछि कर्मचारीहरुको सरुवा गर्न नमिल्ने भएकाले सरकारले त्यसअघि नै ठूलो संख्यामा सरुवा गर्न लागेको हो। यसक्रममा धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु फेरिने छन्। स्रोतका अनुसार त्यसपछि भोलिमात्र चुनावको मिति घोषणा हुने सम्भावना छ।

यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारबाट संविधान संशोधन विधेयक संसदमा अघि बढाउने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.