|

काठमाडौं : आज (सोमबार) बस्ने मन्त्रीपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्ति गर्ने संभावना रहेको छ। यो पदका लागि तीन जनाको नाम सिफारिस भइसकेको छ।

मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाइएको छ। अन्य कुनै कारणले बैठक स्थगित नभए राखेप सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेका तीन जनामध्येबाट एक नाम सिफारिस हुने छ।

मन्त्रालयले मन्त्रीपरिषद्को कार्यसुचीमा राखेप सदस्यसचिव नियुक्तिको प्रस्ताव पेश गरिसकेको जानकारी यसअघि नै दिइसकेको छ। खेलकुदमन्त्री जगत विश्वकर्माले सदस्यसचिवको प्रस्तावित नाम मन्त्रीपरिषद्को बैठकको कार्यसुचिमा राखेको जानकारी दिए।

सदस्यसचिव सिफारिसका लागि मन्त्रालयले सचिव नेतृत्वमा दुई सदस्यीय सिफारिस समिति गठन गरेको थियो। मन्त्रालयले खुल्ला आवेदन माग गरेकोमा २७ जनाले आवेदन दिएका थिए। जस मध्येबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

समितिले निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिबलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगरलाई सदस्य सचिवको अन्तिम दौडमा सहभागी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.