|

इलाम : इलामको कोल्बुङ–२ गाविस कार्यालय नजिकै सोमबार विहान भएको ट्रक दुर्घटनामा ८ जना घाइते भएका छन्। झापाबाट फिक्कल तर्फ आउँदै गरेको ना ३ ख ६०६० नम्बरको ट्रक स्टेरिङ लक भई सडकबाट करिव ३ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।

दुर्घटनामा सवारी चालक झापा घैलाडुव्वाका ४२ बर्षीय शमशेर राई र बुधवारेका २४ बर्षीय सविर धिमाल गम्भीर घाइते भएका छन्। त्यसै गरी झापा कन्काई नगरपालिका–८ का २६ बर्षीय विनोद तामाङ र २१ बर्षीय प्रविन पौडेल, ३३ बर्षीय राजेश राई, २६ बर्षीय सुमन पौडेल, धाइजन–४ का २१ बर्षीय विवेक सुव्वा र धाइजन–६ का १७ बर्षीय राजिव विक सामान्य घाइते भएका छन्।

उनीहरु सबैको झापास्थित बीएन्डसी टिचिङ हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.