|

कोरोना भाइरसको भ्याक्सिनको अहिलेसम्मको ठुलो परीक्षण  सोमबारदेखि अमेरिकामा शुरु भएको छ।

पहिलो चरणको ट्रायलमा ३० हजार स्वयंसेवकले भाग लिदै छन्। अमेरिकाले बनाईरहेको यो भ्याक्सिनको यो आखिरी चरणको ट्रायल हो। अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ र माडर्ना इन्कले बनाएको यो भ्याक्सिनले कोरोना ठिक हुने भन्ने बारेमा अझै यकिन साथ भन्न भने सकिदैन।

यस भ्याक्सिनको दुई डोज दिएपछि अनुसन्धानकर्ताहरुले अध्ययन गर्ने र सम्भवत यसको अन्तिम परिणाम नोभेम्बरसम्म आउने बताइएको छ। एक स्वयंसेवकलाई २८ दिनको अन्तरमा दुई डोज दिइने यो भ्याक्सिन लगाएपछि उनीहरु आफ्नो नियमित काममा जान सक्ने बताइएको छ। यस ट्रायलको प्रमुख उद्देश्य दुई डोजपछि यसले कोरोनाबाट बचाउन सक्छकी सक्दैन भन्ने हेर्ने हो। त्यस्तै दोस्रो उद्देश्य भनेको यसले कोरोना संक्रमितलाई बचाउन सक्छ या सक्दैन र यसबाट मृत्यु हुन्छ या हुदैन भन्ने हेर्ने भएको बताइएको छ ।

अमेरिकी भाइरल रोग विशेषज्ञ डा एन्थोनी फाउचीले यस अघिका ट्रायलमा यो भ्याक्सिन सुरक्षित रहेको देखिएको छ भने अब यो ट्रायलबाट यसले कोरोना संक्रमण हुनबाट बचाउछ या बचाउदैन भन्ने हेरिने र यसले कति समयसम्म काम गर्छ भन्ने हेर्ने भएको बताएका छन्। 

नोभेम्बरसम्म यसको परिणाम आएमा आउदो वर्ष २०२१ को शुरुवातमै यो भ्याक्सिन तयार हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.