|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ। अविरल वर्षासँगै साउन ६ मा सडक भासिएपछि सडक अवरुद्ध भएको थियो।सडक मर्मतपछि दुईतर्फी सञ्चालनमा आएको हो।

डिभिजन सडक कार्यालय तनहुँले मर्मत गरी पुरानै अवस्थामा ल्याएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। 

सडकमा शनिबार रातिदेखि एकतर्फी सञ्चालनमा आएको थियो। सडक भासिएपछि बैकल्पिक मार्ग निर्माण गरी सवारी सञ्चालन गरिएको थियो। तर, बैकल्पिक मार्गमा सवारी फसेपछि भने शनिबार बिहानैदेखि सवारी आवागमन बन्द गरी सडक मर्मत गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.