|

सिन्धुपाल्चोक : कोरोना संक्रमित शून्य भएको २४ घण्टा नबित्दै सिन्धुपाल्चोकमा चारजनामा संक्रमण देखिएको छ। मंगलबार एक माहलासहित चारजनामा कोरोना संक्रमण देखिएको हो।

मेलम्ची नगरपालिकाका दुई पुरुष र एक महिला, पाँचपोखरी गाँउपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारि दिए। यससँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। सोमबारसम्म संक्रमितमध्ये ६३ जनाले कोरोना जितेर घर फर्किएका छन्। दुईजनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

मंगलबार संक्रमण पुष्टि भएकाहरु भारत, मलेसिया, युएई र सर्लाहीबाट फरक फरक मितिमा आएका हुन्। संक्रमितहरु मेलम्चीमा रहेको जाल्पादेवी माध्यमिक विद्यालय बाहुनेपाटीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका  छन्। 

कोरोना संक्रमण देखिएर आइसोलेसनमा रहेका सबै बिरामी घर फर्किएपछि सोमबार सिन्धुपाल्चोक कोरोनामुक्त भएको थियो। तर, कोरोनामुक्त भएको २४ घण्टा नबित्दै चारजना नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए। उनले सतर्कता अपनाउन आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.