|

काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ।

संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि पिसिआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.