|

 काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष निर्वाचनका लागि मतदानमा दिउँसो ४ बजेसम्म २४ सय प्रतिनिधिले मतदान गरेका छन्। कुल ३५ सय प्रतिनिधिमध्ये अझै ११ सय जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन समितिका सदस्य बाबुराम बस्नेतले जानकारी दिए। अध्यक्षमा कमल थापासँगै प्रदीपविक्रम राणाको उम्मेदवारी परेको छ।

मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भनिएपनि अन्तिम समयमा प्रयोग गरिएन। एक पटकमा ६० जनाले मतदान गर्न सक्ने गरी १४ वटा मतदानकेन्द्र बनाइएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित गरेर मतगणना गर्नुपर्ने भएकाले केन्द्रीय सदस्य चयनका लागि मंगलबार मात्र मतगणना हुने निर्वाचन समिति सदस्य बस्नेतले जानकारी दिए। केन्द्रीय सदस्यका लागि मंगलबार विहान ७ बजेदेखि मतदान हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.