|

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रक्रिया सार्वजानिक गरेको छ। आईसीसीले सार्वजानिक गरेको छनोट प्रक्रिया अनुसार अब एकदिवसीय विश्वकप छनोट सुपर लिगमार्फत हुने छ।

इंग्ल्याण्ड-आयरल्यान्डबीच ३० जुलाईमा साउथह्याम्टनमा ३ एकदिवसीय सिरिजबाट छनोट सुरुवात हुने छ। छनोटको बाँकी सेड्युल पछि सार्वजानिक गर्ने आईसीसीले जनाएको छ।

आयोजक भारतसँगै सुपर लिगका ७ शिर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन्। यो विश्वकप छनोट यात्रा नेदरल्यान्ड सहित आईसीसीका १२ टेस्ट मान्यता प्राप्त (फुल सदस्य) राष्ट्रहरु बिच प्रतिष्पर्धा हुने छ। नेदरल्यान्डले विश्व क्रिकेट सुपर लिग २०१५-१७ जित्दै सुपर लिगमा स्थान बनाएको थियो।

सुपर लिगमा टेष्ट राष्ट्रहरू भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाबे छन्।

यस्तो सुपर लिग फरम्याट

आईसीसीले एकदिवसीय क्रिकेटको महत्व बढाउने उद्देश्यले छनोटका लागि सुपर लिगको नयाँ फरम्याट जारी गरेको छ। जसमध्ये आयोजक भारतसहित शीर्ष ७ टिम सिधै छनोट हुने छन्। 

आईसीसीका सञ्चालक महाप्रबन्धक जोएफ अलार्डिसले सुपर लिगले आगामी तीन वर्ष एक दिवसीय क्रिकेटलाई अझ सार्थक बनाउने विश्वास ब्यक्त गरे ।

सुपर लिगमा प्रत्येक टिमले ८ टिमसँग ८ सिरिज खेल्ने छन्। जसमा चार होम र चार अवे सिरिज हुने छ। प्रत्येक सिरिजमा तीन खेल हुनेछ। यो सिरिजमा जित या हारका आधारमा बरियता प्रधान हुने छ। अन्तिममा रहेका ५ टिमले भने आईसीसीका पाँच एसोसिएटेट देश सँग पुन छनोट खेल खेल्ने छन्। जहाँबाट शिर्ष २ टिम भारतमा हुने विश्वकपका लागि छनोट हुने छन्।

सुपर लिगमा हरेक टिमले एक खेल जिते बापत १० अंक प्राप्त गर्ने छ। खेल बराबरी या रद्द भए समान ५-५ अंक बाँडिने छ। आठ सिरिजमा प्राप्त अंकको आधारमा बरियता निर्धारण हुने छ। समान अंक भएमा के गर्ने भन्‍ने नियम पनि बनाइने छ।

प्रत्येक टिमले जित बापत १० अंक प्राप्त गर्नेछन् भने खेल बराबरी, अनिर्णीत वा रद्द भएमा प्रत्येक टिमले ५ अंक प्राप्त गर्ने छन्। आठ सिरिज सकिएपछि प्राप्त अंकका आधारमा र्‍याकिंकमा निर्धारण गरिने छ।

सुपर लिग मे १४ बाटै सुरु हुने कार्यक्रम थियो। तर, कोरोनाका कारण त्यो सम्भव भएन। कोरोनाका कारण सुपर लिगका ६ सिरिज स्थगित भएका छन्।

 कोरोनाका कारण आयरल्याण्ड र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका, आयरल्याण्ड र न्यूजिल्याण्ड, श्रीलंका र भारत, नेदरल्यान्ड र पाकिस्तान तथा वेष्ट इन्डिज र न्यूजिल्याण्ड बीचको सिरिज रद्द भएको छ। यी सिरिज पुनः गराउने या सबै टिमलाई अंक दिन भन्ने विषयमा पछि निर्णय गरिने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.