|

बाग्लुङ : गण्डकी प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।

नयाँ थपिएका संक्रमितमध्ये हुनेमा बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष र म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन्।   संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.