काठमाडौं : सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ।
हिजो ९८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलाको ९८ हजार ५ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको सुन चार दिनको बीचमा २२ सयले बढेको छ। आज चाँदीको भाउ भने घटेको छ। हिजो तोलाको १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।