|

काठमाडौं : सरकारले बिभिन्न देशका लागि १४ जना राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको हो। सरकारले स्पेनमा राजदूतावास खोल्ने निर्णय गर्दै त्यहाँ पनि राजदूत सिफारिस गरेको छ। सरकारले नेपाली कांग्रेस निकट ६ र नेकपा माओवादी केन्द्र निकट ४ जना, राप्रपाबाट ३ जना र फोरम लोकतान्त्रिक निकटका १ जना रहेका छन्। सिफारिस भएका राजदूतको नामावली हेर्नुस्

श्रीलंका : विश्वम्भर प्याकुरेल - नेपाली कांग्रेस

बंगलादेश : चोपलाल भुसाल - नेपाली कांग्रेस

कतार : रमेशप्रसाद कोइराला- नेपाली कांग्रेस

म्यानमार : भीम उदास - नेपाली कांग्रेस

दक्षिण कोरिया : अर्जुन जंगबहादुर सिंह - नेपाली कांग्रेस

युएई : आशा लामा - नेपाली कांग्रेस

डेनमार्क : युवनाथ लम्साल - माओवादी केन्द्र

बहराइन : पदम सुन्दास -माओवादी केन्द्र

अष्ट्रेलिया : लक्की शेर्षा -माओवादी केन्द्र

साउदी अरेबिया : महेन्द्र सिंह -माओवादी केन्द्र

इजरायल : निरन्जन थापा -राप्रपा

जापान : प्रतिभा राणा -राप्रपा

स्पेन : भरत रायमाझी (नयाँ राजदूतावास)- राप्रपा

ओमान : शर्मिला पराजुली -फोरम लोकतान्त्रिक

राजदूतमा सिफारिस भएकाहरुलाई संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.