काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि सोमबार दिउँसो भएको मतदानको गणना सुरु भएको छ। भृकुटीमण्डपमा मतदान सकिएको केही बेरमा नै गणना सुरु गरिएको हो। ११ वटा मतपेटिकामा संकलन भएको मतपत्रको ४ ठाउँमा गणना हुने निर्वाचन समितिले जानकारी दिएको छ।
राप्रपाको अध्यक्षका लागि कमल थापा र प्रदीप बिक्रम राणाले उम्मेदवारी दिएका छन्। अध्यक्ष चयनका लागि करिब ३५ सय प्रतिनिधिले मतदान गरेका छन्। सोमबार अध्यक्ष पदको मतदान र गणना हुने भएकाले केन्द्रीय सदस्य पदको निर्वाचन भने मंगलबार बिहान ७ बजेदेखि हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।