|

काठमाडौं : मन्त्रिपरिषद्को सोमबार दिउँसो दुई बजे बसेको बैठकले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ। सिञ्चाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृतमा र केन्द्रका रामानन्द प्रसाद यादवलाई सिञ्चाई मन्त्रालयमा सरुवा गरिएको छ। 

सरकारले सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।

सिञ्चाई मन्त्रालयका सचिव ठाकुरले मन्त्रालय मातहतका बिभाग र महाशाखाका प्रमुख तथा कार्यालय प्रमुखसँग कमिसन माग्न थालेको भन्दै कर्मचारीहरु आन्दोलित बनेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.