|

काठमाडौं : कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वमा साढे ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। 

सबैभन्दा बढी ब्रजिलमा १५ सय ५४ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा १२ सय ९०, भारतमा ७ सय ७९, मेक्सिकोमा ८ सय ५४, दक्षिण अफ्रिकामा २ सय ४० तथा रसियामा १ सय ६९ जनाको मृत्यु भएको छ। 

यस्तै कोलम्बियामा ३ सय ८०, इरानमा १ सय ९६ तथा अर्जेन्टिनामा १ सय ९ जनाको मृत्यु भएको छ। योसँगै एकैदिन ६ हजार ६ सय २४ जनाको मृत्यु भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ७० हजार ८ सय संक्रमित थपिएका छन्। योसँगै ब्राजिलमा संक्रमितको संख्या २५ लाख ५५ हजार पुगेको छ। 

अमेरिकामा ६१ हजार संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या ४५ लाख ६० हजार पुगेको छ। भारतमा ५२ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ लाख ८४ हजार पुगेको छ। 

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख ६२ हजार पुगेको छ। मृतकको संख्या ६ लाख ६९ हजार पुग्दा एक करोड ६ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.