|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि सोमबार दिउँसो भएको मतदानको गणना सुरु भएको छ। भृकुटीमण्डपमा मतदान सकिएको केही बेरमा नै गणना सुरु गरिएको हो। सोमबार साढे ६ बजेसम्म १३ सय मत गनिसक्दा कमल थापाले १ हजार १ सय ९ मत ल्याएका छन्। त्यस्तै प्रदीप विक्रम राणाले ७२ मत ल्याएका छन् भने ४२ मत बदर भएको छ।

११ वटा मतपेटिकामा संकलन भएको मतपत्रको ४ ठाउँमा गणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। राप्रपाको अध्यक्षका लागि कमल थापा र प्रदीप बिक्रम राणाले उम्मेदवारी दिएका छन्। अध्यक्ष चयनका लागि करिब ३२ सय प्रतिनिधिले मतदान गरेका छन्। मत परिणाम सोमबार नै सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। सोमबार अध्यक्ष पदको मतदान र गणना हुने भएकाले केन्द्रीय सदस्य पदको निर्वाचन भने मंगलबार बिहान ७ बजेदेखि हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.