|

काठमाडौं : जर्मनीसँग सम्बन्ध चिसिँदै गएपछि अमेरिकाले जर्मन स्थित आफ्ना १२ हजार सैनिक फिर्ता बोलाउने भएको छ।

रुसबाट यूरोपेली संघलाई हुने सुरक्षा जोखिमका लागि जर्मनीमा राखिएका ३६ हजारमध्ये हाललाई १२ हजार सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा  गरेका छन्।

अमेरिकासहित यूरोपेली संघ सम्मिलित उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सैन्य खर्चमा जर्मनीले आफ्नो खर्च नब्यहोरेको आरोप ट्रम्पले धेरै अघिदेखि नै लगाउदै आएका छन्। फिर्ता बोलाइएकामध्ये ६ हजार ४ सय सैनिक अमेरिका फर्कने र ५ हजार ६ सय सैनिक अन्य नेटो मुलुकमा तैनाथ गरिने अमेरिकी रक्षामन्त्री मार्क एसपरले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.