|
अदालतको सुरक्षा दिइरहेका सुरक्षाकर्मी ।

पाकिस्तानमा ईश्वरनिन्दाको अभियोग खेपिरहेका एक व्यक्तिलाई अदालतभित्रै गोली हानी हत्या गरिएको छ। 

पेशावरस्थित जिल्ला अदालतको कोठाभित्रै खालिद नाम गरेको व्यक्तिले ती अभियुक्तमाथि गोली चलाएको थियो। गोली चलाउने व्यक्तिले अदालतभित्रै कसरी बन्दुक पुर्‍यायो भन्नेबारे जानकारी आइनसकेको अधिकारीहरुले बताएका छन्।

आफूलाई अल्लाह बताएपछि सन् २०१८ मा ताहिर अहमद नासिममाथि ईश्वरनिन्दाको आरोप लगाइएको थियो। 

बुधबार अदालतमा सुनुवाई हुँदै गर्दा नासिमको हत्या भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा अदालतको सिटमै उनको शरीर ढलेको देखिएको छ।

अदालतभित्रै गोली चलाएपछि प्रहरी नियन्त्रणमा पुगेको बन्दुकधारीले नासिमलाई इस्लामको शत्रु भन्दै गाली गरिरहेको पनि सुनिन्छ।

नासिम अहमदी सम्प्रदायभित्र जन्मिएका थिए। पछि उनले सो सम्प्रदाय त्याग गरी आफूलाई अल्लाह घोषणा गरेका थिए।

पाकिस्तानमा ईश्वरनिन्दा गर्ने व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिनसक्ने कानुनी व्यवस्था छ। यस्तो अभियोग खेपिरहेकाहरुलाई राज्यले नै अहिलेसम्म मृत्युदण्ड नदिएपनि हिंसात्मक आक्रमण गरी हत्या हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.