|

काठमाडौं :  नेपालमा लकडाउन खुलेयता मात्र १५ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। कोरोनासम्बन्धी नियमित अद्यावधिक प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन्। सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन साउन ७ गतेदेखि हटाएको थियो।

त्यस्तै प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र २७४ जना नयाँ संक्रमित थपिएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार २ सय २७ छ। त्यस्तै पछिल्लो २४ घण्टामा कुल ६ हजार ३०४ वटा पिसिआर परीक्षण गरिएको छ। आज २२७ जना व्‍यक्ति कोरोनाबाट मुक्त भएर विभिन्न अस्पतालहरूबाट डिस्चार्ज भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.