|

काठमाडौं : आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको छ।

गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ स्य ७३ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले २७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो। इङ्ल्याण्डका लागि साम बिलिङ्सले नटआउट ६७ रन बनाए भने कप्तान इयान मोर्गान ३६ रनमा अविजित रहे। जेम्स भाइन्सले २५ र ज्यासन रोयले २४ रनको योगदान गरे। साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ४४ दशमलब ४ ओभरमा एक सय ७२ रनमा अलआउट भएको थियो। 

उसका लागि कुर्टिस काम्फेरले नटआउट ५९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। आयरल्याण्डलाई सस्तैमा समेट्न इङ्ल्याण्डका डेविड वेलीले ५ तथा सकिव महमुदले २ विकेट लिएका थिए। दुई टिमबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.