|

काठमाडौं :  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ५२ हजार पुगेको हो। 

अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा ११ हजार, कोलम्बियामा १० हजार, मेक्सिकोमा ५ हजार ७ सय, रसियामा ५ हजार ५ सय र स्पेनमा २ हजार ७ सय जनामा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ। 

पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको हो। 

यसैबीच, बेलायतले लक्षण देखिएका कोरोना संक्रमितलाई १० दिन आइसोलेसनमा राख्ने भएको छ। यसअघि खोकी, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएका संक्रमितलाई सात दिन आइसोलेसनमा बस्न सल्लाह दिइँदै आएको थियो। तर अब यो रणनीति विश्व स्वस्थ्य संगठनको निर्देशनअनुसार परिवर्तन गरिएको स्वास्थ्यअधिकारीलाइ उद्यृत गर्दै बीबीसीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.