|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारलाई तीन मितिको विकल्प दिएको छ। वैशाख ३१, जेठ १ र जेठ २१ गते निर्वाचन गर्न सकिने विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका हुन्।

'फास्ट ट्रयाकबाट निर्वाचन गर्नुको विकल्प छैन्। चरणवद्ध वा एकैपटक हुनेगरी तीन मितिको लागि मन्त्रिपरिषदमा सिफारिस गरेको छु,' बैठकबाट निस्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले भने। निर्वाचन मिति घोषणा गर्नका लागि अहिले मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा चलिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.