|
फाइल फाेटाे

डडेल्धुरा : सुदूरपश्चिमका ३ हजार बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट बिहीबार थप ३५ कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा कञ्चनपुरका ३२, डोटकी दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ३ हजार ८ पुगेको छ।

यहाँको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका पाँच सय ४१, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८१, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुरा दुई सय ५३, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइहेको छ भने बाँकी एक हजार तीन सय ९४ जना भने घर र स्थानीय तहको क्वारेन्टाइनमा छन्।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई–दुई जना गरी ५३ जनाको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ४११ पुगेको छ। संक्रमितमध्ये यहाँ ९ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.