|

काठमाडौं :  विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। 

स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। महान्यायाधिवक्तासँगको भेटमा कुनै अवैध कामबारे कानूनी परामर्श लिएको आशंकामा इन्फान्टिनोविरुद्ध हिजो स्वीट्जरल्याण्डमा मुद्दा दायर गरिएको छ। गत साता आफ्नो पदबाट राजीनामा दिएका लौबेरले इन्फान्टिनोसँग गरेको भेटघाटबारे यसअघि फरक फरक अभिव्यक्ति दिएका थिए। 

कुनै बयानमा भेट्नु गलत नभएको र कुनै बयानमा भेट्दै नभेटेको भन्ने अभिव्यक्ति दिएपछि छानबिन सुरु गरिएको थियो । विस्तृत छानविनका क्रममा लौबेरले पदमा रहँदा फिफा र इन्फान्टिनोसँग सम्बन्धित रहेको मुद्दामासमेत काम गरिरहेको र भेटघाट भएको खुलेको छ। यद्यपि लौबेर र इन्फान्टिनो दुबैले अवैध भेटबारेको आरोप अस्वीकार गर्दै आएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.