|

बैतडी : बैतडीसहित सुदूरपश्चिमका थप ३ स्थानबाट पनि कोरोना परीक्षणको काम हुने भएको छ। जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना परीक्षणको काम हुने भएको हो।

ती स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको काम  धमाधन भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। उनले भने, ‘ तीनवटै स्थानका लागि धनगढीमा प्रयोगशालाका लागि मेसिन पुगिसकेको र केही दिनभित्रै जडानको काम हुने र त्यसपश्चात परीक्षणको कार्य अगाडी बढाइनेछ।’

बैतडीमा प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए। टाइलिङ र वायरिङको काम सकिएको र अब आल्मोनियम पार्टेसनको काम भइरहेको छ   उनले भने “साउन महिनाभित्र मेसिन बैतडी आइपुग्ने र त्यपश्चात जडान गरेर भदौ दोस्रो हप्ताबाट परिक्षणको थालनी गर्ने योजना छ,   डोटीमा भने यसअघि नै मेसिन पुगिसेकेको छ। हाल प्रयोगशाला स्थापना नहुँदा पिसिआर परिक्षणका लागि डडेल्धुरा धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ। 

यसअघि कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन समेत गरेको थियो।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो।

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर चेकजाँचका लागिसमेत सजिलो हुने विश्वास छ।  साथै जिल्ला अस्पताल बैतडीको ५० शैइयाको भवन निर्माण कार्यसमेत जारी रहेकाले ल्याब स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

गत चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले बैतडीसहित डोटी र कैलालीमा कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको थियो। हाल सुदूरपश्चिमका कैलाली र डडेल्धुरा गरेर २ स्थानका कोरोना परीक्षणको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.