|
Photo : file

काठमाडौं : सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मधेसी मोर्चाले आन्दोलन गर्ने भएको छ। बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन नभएको र संरचना नै प्रस्ट नभइ स्थानीय तहको निर्वाचन भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

बैठकपछि प्रतिक्रिया दिदैं तमलोपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले मोर्चाले आन्दोलन थाल्ने बताए। 'यो निर्णयले विगतका सम्झौता पालना भएन। संविधान संशोधन विनाको कुनै पनि निर्वाचनमा मधेसी मोर्चा जादैँन,' थाहाखबरसँगको कुराकानीमा शुक्लले भने।

उनले मधेसी मोर्चाले भोलिबाटै १५ दिनसम्म आन्दोलन गर्ने बताए। 'भोलि साँझ ५ बजे सदरमुकाम र चोक चोकमा मसाल जुलुस निकाल्नेछौं। पर्सीबाट मधेस बन्द हुनेछ,' उनले भने,'  फागुन १२ देखि २६ गतेसम्म भण्डाफोर कार्यक्रम राखेका छौं। त्यसपछि दोस्रो चरणको आन्दोलन घोषणा हुनेछ।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.