|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा विजयी भएपछि कमल थापा निकै खुसी देखिए। उनले राप्रपाको नेतृत्व गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए। थापाले राप्रपाको अहिलेको ध्यान संविधान कार्यान्वयन र निर्वाचनतर्फ हुने बताए। उनले निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागी गराएर जानुपर्ने बताए। 

९१ प्रतिशतभन्दा बढी मत ल्याएर उनी निर्वाचित भएका हुन्। थापाका पक्षमा निर्वाचनमा २८ सय ४ मत खस्दा उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाका पक्षमा २ सय ५१ मतमात्रै खसेको थियो। निर्वाचित भएपछि थापा महाधिवेशनस्थलमा यसरी प्रस्तुत भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.