काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको म्याद थपेको विषयमा आक्रोश पोखेका छन्।
आज मात्रै कांग्रेसले सबै भ्रातृ संस्थाको म्याद ६ महिना थपेको हो। वरिष्ठ नेता पौडेलले ट्वीटरमा लेखेर देउवाले निहीत स्वार्थका लागि पटक पटक अधिवेशन स्थगित गरेर अहिले देउवाले पुन म्याद थप गरेको आरोप लगाएका छन्।
#1
— Ram Chandra Paudel (@NcPaudel) July 31, 2020
निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब आएर म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने ..
‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने , त्यसमाथि अब आएर म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृ संस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिँडेका साथीहरू गम्भीर हुनुहोस् ।’
नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। विशेष गरी सभापति देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षका नेताहरु अहिले गुट बलियो बनाउन सक्रिय छन्।
सभापति देउवाले भने यही बेला आफूनिकट नेताहरुलाई विभाग र विभिन्न समितिमा धमाधम नेतृत्व प्रदान गरिरहेका छन्। पौडेल पक्षले भने महाधिवेशन प्रभावित गर्ने काम गरेको भन्दै नयाँ गठित विभाग र समिति खारेज गर्न माग गरिरहेको छ।
#2
— Ram Chandra Paudel (@NcPaudel) July 31, 2020
जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू !
गम्भीर हुनुहोस् !
जय नेपाल !
२०७७ श्रावण १६
तपाईंको ईमेल गोप्य राखिनेछ ।