|

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण भएको छ। सांसद यादवले यसबारे सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका हुन्। 

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। आफूलाई आइसुलेटेट गरेर अहिले आराममा छु।’

उनले पछिल्लो समय वीरगञ्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेका छन्। उनी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्। 

यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.