मास्क नलागाई बजार जान नपाइने

|

मुगु : गमगढीमा विना मास्क हिँड्डुलमा गर्न प्रतिबन्ध लगाइएको छ। सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागी गत चैत ११ बाट गर्दै आएको बन्दाबन्दी हालै अन्त्य गरेको घोषणा गरे पनि कोरोना संक्रमण यथावत रहेको छ। सर्वसाधरणहरू कोरोना रोग निर्मुल भएझैँ जमघट हुने,भेला हुने,सार्वजनिक कार्यक्रम गर्ने र विना मास्क हिँड्डुल गर्न थालेपछि विना मास्क हिँड्डुलमा प्रतिबन्ध लगाइएको हो।

बजारमा दिनानुदिन भिडभाड बढ्दै गएको र चहलपहल क्रमश: बढ्दै जाँदा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएको भन्दै मुगुका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज बजारमा मास्क वितरण गरेको छ।

 घरबाटबाहिर निस्कँदा मान्छेहरूसँग सम्पर्क भएर कोही कसैलाई कोरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागि जनचेतना दिने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी मुगुका सभापती जयबहादुर मल्ल,युएमएन मुगु कलष्टरका व्यवस्थापक नेत्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला र प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहको नेतृत्वमा शुक्रबार बजारमा विना मास्क हिँड्डुल गर्ने व्यक्तिहरूलाई मास्क वितरण गरिएको छ।

सरकारले लगाउँदै आएको लकडाउन पो अन्य गरिएको हो तर जनमानसमा कोरोना अन्त्य भएको झै भान भएर मास्क नलगाई हिँड्डुल गर्ने, भेला जमघट हुने,सामाजिक दूरी पालना नगर्ने र पर्व परम्पराहरू निर्वाह सञ्चा‍लन गर्ने जस्ता कार्य बढ्न थालेकाले यस्ता कार्य नियन्त्रण गरि कोरोना नियन्त्रण गर्न सहयोग पुर्‍याउन सर्वसाधारणहरुमा सचेतना आओस् भनेर बजारमा रेडक्रस,युएमएन,डिएसपी र आफनो सल्लाहमा मास्क वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।

बजारमा मास्क नलगाई हिड्ने ३ सय जनालाई शुक्रबार मास्क वितरण गरेको र उनीहरुलाई नियमित मास्क लगाउन भिडभाड नगर्न आग्रह गदै सल्लाह दिइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।

प्रमुख व्यक्तिहरुको सहभागितामा गरिएको मास्क वितरण कार्यक्रममा नेपाल प्रहरी,रेडक्रस र युएमएनले कोरोना संक्रमणबाट बच्ने उपाय,कोरोनाका लक्षण र उपचार बारे ज्ञान दिने पर्चा समेत वितरण गरिएको को पर्चा पढन नसक्नेहरुका लागि माइकिङ्ग समेत गरिएको रेडक्रस मुगु शाखाका सभापति जय बहादुर मल्लले बताए।

पहिलो चरणमा मास्क,पर्चा वितरण माइकिङ्ग गर्ने कार्य गरेर कोरोना संक्रमण नियन्त्रणका लागी सचेतना दिने काम भएको र भोलिका दिनमा कोरोना नियन्त्रणका लागी सरकारले गर्न नहुने भनेका कार्य गर्ने जो कोहिलाई नियन्त्रणमा लिई कारबाहिको भागीदार बनाउने स्थानिय  प्रहरी प्रशासनले बताएको छ।

मुगुमा हालसम्म २ जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना कोरोनालाई जितेर घर फर्किसकेका छन भर्ने अर्का एक आइसोलेसनमा बसेका छन्। कोरोना संक्रमण देखिएका दुबैमा कोरोनाको कुनै लक्षण देखिएको थिएन उनीहरु सामान्य अवस्थामा रहेका थिए जिल्ला बाहिर सुर्खेतमा गरिएको स्वाव परिक्षणमा ६ जना मुगालीहरुमा कोरोना संक्रमण देखिएकोमा ४ जना डिस्चार्ज भैसकेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.