राजनीति

नेकपामा अहिलेको विवाद पदको लुछाचुँडी होइन : प्रचण्ड

साउन १७, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको अहिलेको विवाद पदको लुछाचुँडीका लागि नभएको दाबी गरेका छन्। तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको प्रसङ्गतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

    ‘पार्टीमा उठेको अहिलेको बहस पद प्राप्तिका लागि हो कि भन्ने भ्रम पार्न खोजिएको छ’, प्रचण्डले भने, ‘यो नेतृत्वको छिनाझपटी विल्कुल होइन, पार्टीलाई कसरी अघि बढाउने भन्ने विचार र पद्दतिको बहस हो।’ आम नेपाली र कार्यकर्ताका मनमा पार्टी फुट्छ कि भन्ने प्रश्न उठेको भन्दै प्रचण्डले अहिलेको बहस पार्टी एकता कायम राख्दै सुदृढ बनाएर लैजानेतर्फ केन्द्रित भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताए।

    ‘अहिलेको बहस र छलफलले पार्टीलाई अझ एकताबद्ध र सुदृढ गर्छ, टुटाउने फुटाउने प्रवृत्ति परास्त गरिनुपर्छ’ उनले भने, ‘तर एकता अक्षुण राख्ने नाममा विभिन्न गलत विचार, प्रवृत्ति र विषयको बहस ढाकछोप हुने हुनुहुँदैन। तिनको फर्स्योट ठिक ढंगले गरिनुपर्छ।’ पार्टी भित्रको बहस स्वस्थ हुन नसक्दा सर्वत्र यसको नकारात्मक असर पर्नु स्वाभाविक भएको प्रचण्डको भनाई छ।

    ‘कम्युनिष्ट हुनुको नाताले हामी आपसमा इमान्दारी र पारदर्शीका साथ तीखो संघर्ष र बहस गर्छौं। तर, विरोधीहरुलाई लाग्छ कि यो पार्टी अब फुट्न लाग्यो।’ प्रचण्डले अगाडि थपे, ‘हामीलाई श्रमजीवी वर्गको भविष्यको चिन्ता छ, त्यसैले हामी जालझेल छलकपट गर्ने, चिल्ला शब्द प्रयोग गर्ने गर्दैनौँ, तर जनता लुट्ने कुरामा बुर्जुवाहरू सधैं एकमत हुन्छन् त्यसैले त्यहाँ विवाद भए पनि तीखो हुँदैन। लुट्ने कुरामा सबैको सहमति हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]