|

चीनले भारतसँग आर्थिक कारोबार सम्बन्ध तोडेमा दुवै देशलाई असर पर्ने बताएको छ। बिहीबार भारतका लागि चीनका राजदूत सुन वीडान्गले रणनीतिक हिसाबले भारतको लागि खतरा नहुने बताएका छन्। भारतमा चीनको मोबाइल एप बन्द र दुवै मुलुकको सीमामा तनाव भएपछि यस्तो प्रतिक्रिया जनाएको हो।

दिल्लीमा भएको भारत-चीन सम्बन्ध इन्स्टिच्युट अफ चाइनिज स्टडिजको कार्यक्रम दुवै देशलाई असर पर्ने काम गर्न नहुने राजदूत वीडान्गले बताएका छन्। उनले भने, 'कसैले पनि अर्थ व्यवस्थामा असर पार्ने सोच राख्न हुँदैन। भारत र चीनको अर्थव्यवस्था दुवै राष्ट्रमा निर्भर रहेको छ। जबरजस्ती अलग गर्नु दुवै देशको व्यापारविरुद्ब जानु हो, यसले कसैलाई फाइदा गर्दैन। सबैलाई नोक्सान हुन्छ।'

घरेलु कम्पनीद्वारा निर्मित सामग्रीको प्रयोगमा ल्याउनलाई चीनको सामानहरू आयातमा रोक लगाउने निर्णय गरिएको छ। भारतीय टिभी आयात गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको छ।

राजदूत वीडान्गले भने,' २०१८-१९ मा चीनबाट ९२ प्रतिशत कम्प्युटर, ८२ प्रतिशत टीभी, ८० प्रतिशत अप्टिकल फाइबर र ८५ प्रतिशत मोटरसाइकल आयात भएको थियो।'

यो व्यापारिक गतिविधिले  विश्वव्यापीकरण रुपमा व्यापार  भइरहेको उनले प्रस्ट पारेका थिए। कसैले चाहेर पनि यो अवस्था बदल्न नसक्न राजदूत वीडान्गको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.