|
फाइल फोटो

पर्सा :  स्थानीय प्रशासनले बिहीबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको तीनवटै शव शुक्रबार राति भेडाहा खोला छेउमा व्यवस्थापन गरेको छ।

शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गर्दा पर्सामा गोलीसमेत चलेको पाइएको छ। शुक्रबार राति पर्साको वीरगन्ज महानगरपालिका-३१ भेडाहा खोलामा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गरेका थिए। सो क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा गोली चलेको पाइएको हो।  बल प्रयोग गर्दा केही अश्रुग्यास र हवाइ फायर पनि गर्नु परेको खुलेको हो।

स्थानीय सुरक्षाकर्मीले भने बल प्रयोग मात्र गर्नुपरेको जनाएको छ। ‘मृतकको शव कहीँ न कहीँ त व्यवस्थापन गर्नैपर्‍यो। स्थानीयले कुरा खासै बुझेको जस्तो लागेन’ पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले भनिन्। स्थानीयले भने जुन एरियाको शव हो सोही एरियाको घाटमा व्यवस्थापन गर्नु पर्ने माग गर्दै आएको छन्।

शव व्यवस्थापन गर्नु हाम्रो बाध्यता हो। यस्ता कुरामा स्थानीय पालिका तथा जनप्रतिनीधि, नागरिक र प्रशासनको समन्वय भइदिनुपर्ने हुन्छ। त्यसमा पालिका तथा जनप्रतिनीधि र नागरिकको खासै साथ नपाएको नेपाली सेना चण्डीप्रसाद गणले जनाएको छ। हामीलाई सम्बन्धित पालिकाहरुले ठाउँ  तयारी गरेर दिनु पर्नेमा आफैँ सेनाले खाल्डो खन्नेदेखि काम गर्दा पनि सम्बन्धित पालिका र आम सर्वसाधारणको पूर्ण साथ नपाएको सेनाको तर्क छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.