|

गुल्मी :  गुल्मी जिल्लाका सेवाग्राहीहरुलाई कर बुझाउनका लागि पाल्पा जानु पर्दा समय र पैसा दुवै खर्चिनु परेको थियो।  हाल आएर  गुल्मीको सदरमुकाम तम्घासबाटै सेवा लिन पाउँदा समय र पैसा दुवैको बचत भएपछि सेवाग्राहीमा केही राहत भएको छ।

मदाने गाउँपालिकाका रमेश विश्वकर्माले गुल्मीको सदरमुकाम तम्घासमै कर बुझाउन पाउँदा वर्षातको समयमा निकै सहज भएको बताए। उनले लामो दुरीका सवारी साधनहरु नचलेको समयमा समस्या हुने र  समयमै कर नबुझाउदा जरिवानामा पर्ने डर त्रास सबैको अन्य भएको उनी बताउँछन्।

गुल्मी चेम्बर अफ कमर्शका  महासचिव कृष्णप्रसाद भण्डारीले यसअगाडि  गुल्मीका सेवाग्राहीहरू कर बुझाउनका लागि पाल्पा जानुपर्दथ्यो भने त्यो अवस्थाको अब अन्त्य भएको र तम्घासमै सेवा लिन पाएका छन्। यता करदाता सेवा कार्यलय गुल्मीका कर अधिकृत बिनोद कुमार माझीले बुधबार देखि कार्यालयबाट हुने  सबै कामहरु भएको जानकारी दिए।

सेवाग्राहीहरूलाई सेवा दिनका लागि कार्यालय स्थापना भएकाले सहजरूपमा सेवा प्रवाह गर्ने कार्यालयको उद्‍देश्‍य रहेको उनले बताए। तत्काललाई कर्मचारीको अभाव भएतापनि सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने गरी आफू लागेको उनले दाबी गरे।

२०७६ साल पुस २१ गते नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार कार्यालय स्थापना भई सेवा प्रवाह गरेको माझीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.