|

भारतमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको शान्तिशेरमा मृत्यु भएको हो। विगत केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ मिलाएर स्यानिटाइजर सेवन गरेका थिए।​ प्रकाशम जिल्लाका एक प्रहरी अधिकारीले भने,' हामीले अनुसन्धान गरिरहेका छौ। तिनीहरुले कहाँबाट स्यानिटाइजर ल्याएर कसरी मिलाएर सेवन गरे।'

प्रहरीका अनुसार उनीहरूले दश दिनदेखि स्यानिटाइजर सेवन गरिरहेका थिए। 'स्टक रहेको स्यानिटाइजर पठाउँदैछौँ, परीक्षणको लागि जुन इलाकामा बिक्री भइरहेको छ, जाँचको लागि,' ती प्रहरी अधिकारीले भने।

त्यस क्षेत्र कोरोना भाइरसको कारणले लकडाउनमा छ। केही दिनदेखि अल्कोहल पाइने सबै पसल बन्द छन्।​ अल्कोहल नियमित सेवन गर्ने बानी भएकोले तिनीहरुले

स्यानिटाइजर सेवन गरिएकोले त्यसको अनुसन्धान गरीरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। बिहीबार राती दुई अज्ञात व्यक्तिको मृत्यु भएको थियो। ती अर्कोको दरसी सहरको सरकारी अस्पतालमा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.