|

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न वसन्तपुर पुगेका छन्। असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले वसन्तपुरमा अनशनरत छन। युवासँगको भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे। 

पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरुको माग पूरा गर्नेगरी समझदारी गर्न उनले माग गरे। 

उनले भने, ‘हाम्रो पार्टीको ऐक्यबद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनशनमा बसेका युवालाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ। यसको घोर भत्र्सना गर्छु।’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा रहेका युवाले उठाउँदै आएका माग देश जनताको हितमा रहेको बताएका छन्। 

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो। कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.