|

काठमाडौं : भैरव जात्राका लागि प्रख्यात ऐतिहासिक ब्रह्मटोलमा मौलिक परम्परा र कलात्मक शैलीको श्वेत भैरव फल्चा (पाटी) पुनःनिर्माण गरिएको छ। उक्त मन्दिरमा दशैँको पञ्चमीका दिन पचली भैरव जात्रा मनाउने गरिन्छ।

प्रत्येक १२ वर्षमा हुने पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरिएको हो। सम्पदाको संरक्षण र काठमाडौंको सभ्यता झल्काउने भएकोले मौलिक शैलीमा मन्दिर पुनःनिर्माण गरिएको बागमती प्रदेशका सांसद डा. अजय क्रान्ति शाक्यले बताए।

'आफ्नो निर्वाचन क्षेत्रमा रहेका, ऐतिहासिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका सम्पदाहरूको संरक्षण गर्ने अभियानअन्तर्गत यहाँ फल्चा पुनः निर्माण गरिएको हो,’ शाक्यले भने, ‘मूल्यको हिसावले यो सामान्य हो, तर हामीले पुरातात्त्विक सम्पदाले भरिपूर्ण काठमाडौंमा रहेका कला, संस्कृति तथा मूर्त–अमूर्त सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौँ, संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर यहाँको सम्पदा संरक्षणका लागि समन्वय गरी अघि बढ्नुपर्छ।' शाक्यले आफ्नो क्षेत्रको पूर्वाधार विकास, सम्पदा पुनःनिर्माण, सहरी सौन्दर्य जस्ता कार्यलाई अभियानकै रुपमा अघि बढाउँदै आएका छन्।

प्रत्येक वर्ष वडा दशैँको पञ्चमीको दिन हुने पचिमर्ह (पचली भैरव जात्रा) र १२ वर्षमा लाग्ने पचली भैरव जात्राका कारण यो स्थानको विशेष महत्त्व रहेको कामपा–१२ वडाका अध्यक्ष विकास डंगोलले जानकारी दिए।

काठमाडौँ क्षेत्र नम्बर-९ (क) मा वडा-१२, १४, २१ र २२ पर्छन्। ती वडाका पनि विभिन्न स्थानमा शाक्यले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विकास, सम्पदा पुनर्निर्माण, सहरी सौन्दर्यीकरणजस्ता कार्य गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.