|

काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्। 

विश्‍वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए। १४ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍ने गरी कोही पर्यटक नआउने बताउँदै उनले द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

'द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्‍नुपर्छ', चाइनीज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने, 'कुनै लक्षण नदेखिए घुम्‍न पठाउने व्यवस्था मिलाउनुपर्छ।'

पर्यटनलाई पुनर्जीवित गर्न द्रूत गतिमा कोरोना परीक्षण नै अहिलेको आवश्यकता भएको औंल्याए। 'द्रूत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्‍ने नियम बनाऊँ', उनले भने, 'लक्षण नदेखिएमा घुम्‍न पठाऊँ। १४ दिनमा त घुमेर फर्किने पर्यटक १४ दिनसम्म क्‍‍वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवशरमा चाइनिज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ। नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिँदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो। 

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ। नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा विश्वेस श्रेष्ठ रहेका छन्। अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरि प्रसाद पराजुली छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.